आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

बागलुङमा सरकारी सवारीको दुरुपयोग बढ्दो

गलकोट- बागलुङ जिल्लामा सरकारी सवारीको दुरुपयोग बढ्न थालेको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङले सरकारी सवारीको दुरुपयोग बढेपछि धमाधम कारबाहीको दायरामा ल्याउन थालेको हो । 

जिल्लामा सार्वजनिक बिदाको दिन सम्बन्धित निकायबाट अनुमति नलिई सरकारी सवारी साधन प्रयोग हुन थालेपछि ट्राफिक प्रहरीले सक्रियताका साथ कारबाही गर्न थालेको छ । असोजभर परेको तीन दिनको सार्वजनिक बिदाको समयमा १६ सरकारी सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय बागलुङले जनाएको छ । जिल्लामा असोज महिनादेखि सरकारी सवारीको जाँचमा कडाइ गरिएको हो ।  

सरकारी सवारी लिएर पर्यटकीय स्थल हिँडेको, घुम्न हिँडेको र बिनाकाममा सरकारी सवारीको प्रयोग बढेपछि कारबाही गर्न थालिएको छ । स्थानीय तहका सरकारी सवारी बढी दुरुपयोग भएको प्रहरीको भनाइ छ । 

असोज महिनाको तीन दिनमा मात्रै १६ सरकारी सवारी मोटरसाइकल र जीपलाई नियन्त्रणमा लिएर कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख वरिष्ठ प्रहरी सहायक निरीक्षक मीनबहादुर खड्काले जानकारी दिए । 

खड्काले असोजको ३, असोजको ६ र असोजको २० गते मात्रै १६ वटा सरकारी सवारीलाई नियन्त्रणमा लिएर कारबाही गरेको बताए । जसमध्ये तीन वटा जीप र १४ वटा मोटरसाइकल रहेका छन् । तीन दिनको सार्वजनिक बिदाको दिनमा सरकारी सवारीको कारबाहीबाट तीन दिनमै रु १६ हजार राजस्व सङ्कलन भएको छ ।

'सरकारी सवारी दुरुपायोग बढ्न थालेपछि सार्वजनिक बिदाको समयमा ठाउँ-ठाउँमा सरकारी सवारीको जाँच गर्दै आएका छौं, खासगरी दसैँ सुरु भएपछि बढी सरकारी सवारीको दुरुपयोग भएको भन्ने गुनासो आएपछि होल्ड गर्न थालिएको छ,' ट्राफिक प्रहरी प्रमुख खड्काले भने, 'जिल्ला प्रशासनको अनुमतिबिना सञ्चालनमा आएका सरकारी सवारीलाई होल्ड गरेर रु एक हजार जरिवाना गरिएको छ, यो अभियानले आगामी दिनमा निरन्तरता पाउने छ ।'

खड्काका अनुसार अन्य समयमा सार्वजनिक र निजी सवारीको जाँच बढाए पनि सार्वजनिक बिदाको समयमा सरकारी साधन लक्षित जाँच गरिँदै आइएको छ । बागलुङ बजारको मुख्य प्रवेशद्वारमा सार्वजनिक बिदाको दिन अनुमतिबिनै प्रवेश गर्न खोजेका दर्जनौँ सवारीलाई गन्तव्यमा पुग्न रोक लगाएर फर्काइएको छ । 

अनुमतिबिना जिल्लामा सरकारी सवारी प्रवेश गर्न नदिएपछि प्रवेशद्वारबाटै फर्काइएको ट्राफिक प्रहरीको भनाइ छ । पछिल्लो समय धार्मिक पर्यटकीय स्थल, होटल तथा रेष्टुरामा बिदाको समयमा सरकारी सवारी देखिन थालेपछि ट्राफिक प्रहरीले कारबाहीलाई तीव्रता दिन थालेको हो । रासस 

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…