तिहारसम्ममा सबै राष्ट्रिय राजमार्ग मर्मत गरिने

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडकमध्ये आधामा दसैँ पहिले नै मर्मत सकिएको र बाँकीमा तिहारअघिसम्म सकिने बताएका छन् ।
प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठकमा उनले मुख्य राजमार्ग र काठमाडौँ उपत्यकाका धेरै सडकमा मर्मतको काम गरिसकिएको बताए । चाडपर्वका लागि काठमाडौँ उपत्यका बाहिरिने नागरिकलाई सहज बनाउन लागिएको उनको भनाइ छ । उनले भने, 'यात्रुले सजिलै टिकट पाएर आ-आफ्नो घर फर्कन पाएका छन् ।'
दसैँमा नागरिकलाई यात्रामा सहज बनाउनका लागि घटस्थापनादेखि पूर्णिमासम्म हेभी सवारीमा रोक लगाइएको र सवारी जुनसुकै मार्गमा जान सक्ने व्यवस्था मिलाइएको उनले बताए । उनले भने, 'अघिल्ला वर्षहरूभन्दा यो वर्ष दुर्घटना पनि कम भएको छ ।'
समितिका सभापति दीपकबहादुर सिंहले सडक निर्माण गर्दा नै कम्तीमा १०/१२ वर्षसम्म मर्मत गर्न नपर्ने गरी गर्नुपर्ने जिकिर गरे । निर्माणाधीन सडकमा धुवाँ धुलोका कारण नागरिकले धेरै हैरानी बेहोर्नुपरेको उनको भनाइ थियो । 'खाना खाँदा खानामै धुलोका कण र पसलेले पसल खोल्दा सामानमा धुलो नै धुलो भइरहेको छ,' उनले भने ।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले दसैँभर पनि सडक विभाग र यातायात व्यवस्था विभागअन्तर्गतका कार्यालयले नागरिकका गुनासो सुन्ने र सम्बोधन गरेको बताए । यो वर्ष तुलनात्मक रूपमा कम सडक दुर्घटना भएको र नागरिकले टिकट नपाउने समस्या कम भएको उनको दाबी थियो ।
समितिका सदस्यहरू ठाकुर गैरे, प्रदीप पौडेल, शिव नेपाली, विना लामा, डा. चन्द्रकान्त राउत, दयालबहादुर शाही, निशा डाँगी, कल्पना चौधरी, प्रतिमा गौतम, निर्मला कोइरालालगायतले सडकको खराब अवस्था र सवारी अव्यवस्थित हुँदा नागरिकले सधैं चाडपर्वको समयमा हैरानी बेहोरिरहेको औंल्याएका थिए । नारायणगढ–बुटवल, मुग्लिन–नागढुङ्गा, सिद्धार्थ राजमार्गलगायतका सडकमा धेरै समस्या रहेको उनीहरूले बताए । समिति सदस्यहरूले दसैँ मनाउन जाँदा र फर्कँदा सामान्यभन्दा दोब्बर बढी समय लागेको बताए ।
समितिले आजै ग्वार्काेस्थित फ्लाई ओभर, विस्तारका क्रममा रहेको कलङ्की–बसुन्धारा सडक र विष्णुमतीस्थित पुलको स्थलगत अवलोकन गरेको थियो ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया