हत्यारालाई कारबाही माग गर्दै एनप्याब्सनले भोलि निजी विद्यालय बन्द गर्ने

बारा - राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) बाराले वरिष्ठ जिल्ला उपाध्यक्ष रुपेश सर्राफको हत्याको विरोधमा भोलि जिल्लाका सम्पूर्ण निजी विद्यालय बन्दको घोषणा गरेको छ ।
एनप्याब्सन बाराले आज प्रेस विज्ञप्ति जारी गर्दै नेशनल प्याब्सनका वरिष्ठ जिल्ला उपाध्यक्ष रुपेश सर्राफलाई गोली हानी हत्या गर्नेलाई कारबाही गर्न माग समेत गरेको छ । एनप्याब्सनले जिल्लाका सम्पूर्ण निजी विद्यालय सञ्चालक असुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै कात्तिक १४ गते मंगलबार जिल्लाका सम्पूर्ण निजी विद्यालय बन्द हुने जनाएको हो ।
जिल्ला अध्यक्ष प्रभुलालप्रसाद कुश्वाहाद्वारा जारी विज्ञप्तिमा बाल एकता बोर्डिङ स्कुल कलैया–६ बाराका संस्थापक रुपेशकुमार सर्राफलाई आपराधिक समूहले ज्ञान सरोवर बोर्डिङ र नेरामावि (मदर्शा) स्कुलको बीचमा दिनदहाडै गोली प्रहार गरी हत्या गरेको घटनाप्रति घोर भत्र्सना गर्दै हत्यारालाई कारबाही गर्न माग गरिएको छ ।
विज्ञप्तिमा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै मृतकको आत्माको चिरशान्तिको कामना समेत गरिएको छ ।

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

प्रतिक्रिया