पिके डायगोनिस्टिकका सञ्चालकमाथि आक्रमण गर्नेविरुद्ध १५ वर्ष कैद माग गर्दै मुद्दा दर्ता

काठमाडौँ - असोज १५ गते गौशालास्थित पिके डायगोनिस्टिक प्रालिका सञ्चालकमाथि आक्रमण भयो । आक्रमण गर्ने दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
पिके डायगोनिस्टिक प्रालिका सञ्चालक साबिर हुसेनमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका रौतहटको गढिमाई नगरपालिका–९ का ३७ वर्षीय सिकिल देव सहनी र सोही नगरपालिका ९ का ४७ वर्षीय चुतुर्गुन सहनीविरुद्ध मुद्दा दर्ता भएको हो । जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ ।
उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजनाको कसुरमा मुद्दा दर्ता भएको छ । ज्यान मार्ने उद्योगकको कसुरमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । हातहतियार तथा खरखजनामा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
लेनदेनको विवादमा हुसेनमाथि आक्रमण भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो हुसेनमाथि आक्रमण गरेर कटुवा पेस्तोल र चक्कु घटनास्थलमै छाडेर आक्रमणकारी भागेका थिए ।
बाराको कलैया नगरपालिका–२१ घर भई हाल कोटेश्वर बस्दै आएका हुसेनको दाहिने तिघ्रा र ढाडमा चोट लागेको थियो । सुरुमा पेस्तोलबाट प्रहार गरे पनि गोली नपड्किएपछि हुसेनमाथि चक्कु प्रहार गरिएको थियो ।
प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली र चक्कु बरामद गरेको थियो ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया