माघ २६ मा फेरि एक पटक दया भर्सेज दया

काठमाडौँ - दयाहाङ राईले यति धेरै फिल्ममा अभिनय गरिरहेका छन् कि हरेक हप्ता दयाका फिल्म रिलिज हुने अवस्था छ । यही बीचमा बिदा पनि पर्ने हो भने त दया आफैँसँग जुध्ने पक्का जस्तै छ ।
यही नयाँ वर्षको सुरुवातमा दयाका दुई फिल्म एकै दिन रिलिज भएका थिए । नयाँ वर्षको बिदाको मौका छोप्ने उद्देश्यसहित ‘जारी’ र ‘ बिहे पास’ एकै दिन रिलिज भएका थिए । जसमा ‘जारी’ले ‘बिहे पास’लाई उछिन्दै १८ करोड हाराहारीको व्यापार गरेको थियो ।
अहिले फेरि माघ २६ मा दया आफ्नै फिल्मसँग भिड्ने भएका छन् । यो मितिमा दयाका ‘हात्तिछाप’ र ‘दयारानी’ रिलिज हुने भएका छन् । दयासँगै सौगातको पनि मुख्य भूमिका रहेको ‘हात्तिछाप’ले सबैभन्दा पहिलो माघ २६ लाई प्रदर्शन मिति तोकेको थियो । अहिले सोही मितिमा दया र दिया पुन अभिनित ‘दयारानी’ प्रदर्शन हुने भएको हो ।
तर अझ अनौठो कुरा त के छ भने यही मितिमा बाँकी २ फिल्मले पनि प्रदर्शन हुने घोषणा गरेका छन् । माघ २६ मै ‘उपहार’ र ‘हनी बनी’ले पनि प्रदर्शन मिति घोषणा गरेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया