खेलाडीको ओठमा चुम्बन गरेका रुवियाल्सलाई तीन वर्षको प्रतिबन्ध

काठमाडौँ- खेलाडीको ओठमा चुम्बन गरेका स्पेनिस फुटबल फेडेरेसनका पूर्व अध्यक्ष लुइस रुवियाल्सलाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले तीन वर्षको प्रतिबन्ध लगाएको छ ।
फिफाले रुवियाल्सलाई तीन वर्षसम्म कुनै पनि फुटबल गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको बीबीसीले जनाएको हो ।
अस्ट्रेलिया र न्यूजिल्यान्डले गत जुलाई-अगस्टमा संयुक्त रुपमा आयोजना गरेको फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेपछि रुवियाल्सले स्पेनिस खेलाडी जेनी हर्मोसोको ओठमा चुम्बन गरेका थिए ।
हर्मोसोले आफ्नो अनुमतिबिना रुवियाल्सले चुम्बन गरेको बताउँदै उनीविरुद्ध मुद्दा दर्ता गराएकी थिइन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया