वीपीको समस्या समाधान गर्न सांसद कार्कीद्वारा समितिमा ध्यानाकर्षण

काठमाडौँ- प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधानका लागि ध्यानाकर्षण गराएकी छन् ।सोमबार उनले लामो समयदेखि रहँदै आएको विवादको समाधान गराउन प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई ध्यानाकर्षण गराएकी हुन् ।
प्रतिष्ठानमा लामो समयदेखि रोकिएको चिकित्सक शिक्षकहरूको बढुवा नभएपछि दुई साताअघि १७७ जना चिकित्सकहरूले सामूहिक राजीनामा दिएका थिए ।
बढुवा प्रक्रिया सुचारु गर्न सम्झौता कार्यान्वयन नभएको भन्दै गत असोज २१ गतेदेखि प्रतिष्ठानका शिक्षकहरू आन्दोलित बनेका छन् । आन्दोलनका कारण अस्पतालको समग्र सेवा प्रवाहमा गम्भीर असर परेको समेत उनले बताएकी छन् ।
उक्त विषयमा विभिन्न समयमा गठन भएका उच्चस्तरीय छानबिन समितिका प्रतिवेदनहरू थन्काएर स्वास्थ्य मन्त्रालय मूकदर्शक बनेको भन्दै आफूले प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पहल गरेको जनाएकी छिन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया