क्रिकेट विश्वकप छनोटः मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ- मलेसियालाई पराजित गर्दै आयोजक नेपाल आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रीय छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘ए’ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । नेपालसँगै यस समूहबाट ओमान पनि अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
नेपाल र ओमानले समान २-२ खेलमा जित हात पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । नेपालले सोमबार सिंगापुर तथा ओमानले मलेसियालाई पराजित गरेको थियो ।
यता लगातार दुई खेलमा पराजय भोगेका मलेसिया र सिंगापुर समूह चरणबाटै बाहिरिएका छन् ।
आजको खेलमा मलेसियाले दिएको १ सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा कुशल मल्लले ३४ बलमा २ चौका र ७ छक्का प्रहार गर्दै ६५ रन बनाए । कुशल भुर्तेलले २५ बलमा समान ४ चौका र ४ छक्काको मदतमा ४३ रनको योगदान गरे । आशिफ शेखले ३२ रन जोडे ।
मलेसियाका लागि मुहम्मद अजिम अमिरले ३ तथा पवनदिप सिंहले १ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन जोड्यो ।
मलेसियाका लागि सयद अजिजले ४९ बलमा ८ चौका र २ छक्काको मदतमा ६८ रन बनाए । जुबैदी जुल्फिकारले २४ रन जोडे ।
नेपालका लागि अविनाश बोहराले ४ तथा सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले एक-एक विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया