नेपाल २०२४ को टी- ट्वान्टी विश्वकपमा छनोट भए आश्चर्य नमान्नुस् !

काठमाडौँ- सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गतको एसिया क्षेत्रको अन्तिम चरणको छनोटका खेलहरू नेपालमा जारी छ ।
नेपालमा जारी छनोटको फाइनलमा प्रवेश गर्ने दुई टोलीले अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।
टी-ट्वान्टी विश्वकपमा २० टिमको सहभागिता रहने छ । आयोजकको नाताले अमेरिका र वेस्ट इन्डिजसँगै अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्यूजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्यूगिनी र क्यानाडाले विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् ।
नेपालमा जारी छनोटबाट २ तथा नामिबियामा नोभेम्बर २२ देखि ३० तारिखसम्म हुने छनोटबाट थप दुई टिमले विश्वकपमा स्थान बनाउने छन् ।
नेपालको छनोट प्रतियोगिताअन्तर्गत आयोजक नेपालसँगै ओमानले समूह ‘ए’ बाट सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । यस समूहमा रहेका सिंगापुर र मलेसिया भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
समूह ‘बी’ मा रहेका युनाइटेड अरब इमिरेट्स (यूएई) सँगै बहराइन र हङकङको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहँदा कुवेत भने प्रतियोगिताबाट बाहिरिएको छ ।
छनोटअन्तर्गत बिहीबार हुने चार वटा खेलले सेमिफाइनलमा नेपालविरुद्ध खेल्ने टिमको टुंगो लाग्नेछ । अर्कोतर्फ नेपालले समूह विजेता बन्नका लागि बिहीबारको खेलमा ओमानलाई पराजित गर्नुपर्नेछ ।
तर सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका कारण ओमानविरुद्धको खेल नेपालका लागि आफ्ना खेलाडीको क्षमता परीक्षण तथा आगामी खेलका लागि तयारीको रुपमा रहने निश्चित छ ।
किनभने फाइनलमा स्थान सुरक्षित गर्न तथा विश्वकपमा स्थान बनाउन नेपालले सेमिफाइनल खेल जित्नैपर्ने हुन्छ । अन्यथा सन् २०२२ को टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि भएको छनोटअन्तर्गत सेमिफाइनलमा यूएईसँग ६८ रनको पराजय भोगेपछि नेपालले विश्वकपमा स्थान बनाउन नसकेको अवस्था आउन सक्ने सम्भावना रहन्छ ।
ओमानमा आयोजना भएको उक्त छनोट प्रतियोगिताअन्तर्गत नेपालले समूह चरणमा ओमान, क्यानाडा र फिलिपिन्सलाई हराउँदै समूह चरणका तीन वटै खेल जितेको थियो । तर विश्वकप छनोटका लागि महत्वपूर्ण मानिएको सेमिफाइनलमा नेपाल यूएईसँग स्तब्ध हुन पुगेको थियो ।
तर अहिलेको अवस्था भने फरक छ । ओमानमा भएको टी-ट्वान्टी विश्वकप छनोटपछि नेपालले अहिलेसम्म २० वटा टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ ।
नेपालले खेलेका पछिल्ला २० मध्ये १६ वटा टी-ट्वान्टी खेलमा जित हात पार्दा केवल ४ खेलमा मात्र पराजय भोगेको छ ।
चीनमा भएको १९ औँ एसियन गेम्सअन्तर्गत भारतसँग केवल २३ रनको पराजय भोगेको थियो भने अक्टोबर २७ मा भएको त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको फाइनलमा यूएईसँग ४ विकेटको पराजय भोगेको थियो । त्यसबाहेक नेपालले गत वर्ष अगस्टमा केन्यासँग उसैको घरेलु मैदानमा २ खेल हारेको थियो ।
त्यसैगरी नेपालले २० मध्ये १२ वटा खेल आफ्नै घरेलु मैदानमा खेलेको छ । घरेलु मैदानमा खेलेका १२ मध्ये नेपालले केवल एक खेलमा मात्र पराजय भोगेको छ ।
घरेलु मैदानमा नेपालले यूएईसँग एक खेलमा पराजय भोगेको थियो । त्यो पनि त्रिकोणात्मक सिरिजको फाइनलमा । तर त्यसअघि लिग चरणमा नेपालले यूएईलाई दुवै खेलमा पराजित गरेको थियो । त्रिकोणात्मक सिरिजअन्तर्गत नै नेपालले हङकङलाई पनि दुवै खेलमा पाखा लगाएको थियो ।
त्यसैले घरेलु मैदानमा नेपालले पछिल्ला १२ टी-ट्वान्टी खेलमा गरेको प्रदर्शन हेर्दा नेपाल फाइनलमा पुग्दा आश्चर्य मान्नुपर्ने अवस्था छैन र फाइनलमा पुगेसँगै नेपालले विश्वकपमा स्थान बनाउँदा पनि आश्चर्यजनक सफलता हुने छैन ।
तर १० वर्षपछि टी-ट्वान्टी विश्वकपमा छनोट भएको खण्डमा नेपाली क्रिकेटले थप नयाँ उचाइ चुम्ने र सरकार तथा नीजि क्षेत्रको ध्यानाकर्षण गर्ने निश्चित छ ।
यसअघि नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी-ट्वान्टी विश्वकप खेलेको थियो ।
बंगलादेशमा भएको विश्वकपमा नेपालले अफगानिस्तान र हङकङलाई पराजित गरेको थियो भने बंगलादेशसँग मात्र पराजित भएको थियो ।
बंगलादेशमा भएको विश्वकपमा १६ टिमको सहभागिता रहेको थियो भने वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने विश्वकपमा २० टिमको सहभागिता हुँदैछ ।
विश्वकप खेल्ने टिम संख्या र नेपालले पछिल्लो समय क्रिकेटमा गरेको प्रदर्शन र प्रगति हेर्दा नेपाल विश्वकपमा छनोट हुनु आवश्यक छ तर छनोट भए आश्चर्य मान्नुपर्ने अवस्था भने हुने छैन ।
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
प्रतिक्रिया