जसपाको ठाकुर समूह ओली नेतृत्वको सरकारमा सहभागी हुने
नेता कर्ण भन्छन् : वार्तामा प्रधानमन्त्रीले सरकारमा आउनुस् भन्नुभयो, हामीले हुन्छ भन्यौं

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारमा सहभागी हुने विषय टुंगिएको हो ।
वार्तामा सहभागी जसपा नेता लक्ष्मणलाल कर्णले सरकारमा जाने सहमति भएको बताए । ‘केपी शर्मा ओली नेतृत्वको सरकारले हाम्रा काम गरिदिएको छ । सुरुदेखि नै सरकारमा आउनुस् भन्नुभएको थियो, आजको छलफलमा हुन्छ भनेका छौँ,’ कर्णले इकागजसँग भने ।
अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णसहितका नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न बिहान १० बजे बालुवाटार पुगेका थिए । कर्णका अनुसार दुई बजेसम्म चलेको बैठकमा सरकारमा सहभागिता र मुद्दा टुंग्याउने विषयमा छलफल भएको थियो ।
मुद्दा फिर्ता र सरकारमा सहभागिताका विषयमा वार्तामा छलफल भएको कर्णले बताए । आठ मन्त्री र दुई राज्यमन्त्री बनाउने ओली र जसपाको ठाकुर समूहबीच सहमति भएको छ । तर, पार्टीभित्र विवाद भएकाले कहिले शपथ गर्ने भन्ने नटुंगिएको कर्णले बताए । ‘प्रधानमन्त्रीले भोलि नै शपथ गर्ने भन्नुभएको थियो । हामीले पार्टीमा पनि विवाद छ, पर्सीसम्म छलफल गरेर टुंग्याउँछौं, अनि शपथ गरौँला भनेका छौँ,’ कर्णले भने ।
विवादका कारण नेताहरू क-कसलाई सरकारमा पठाउने भन्ने विषय नटुंगिएको एक नेताले बताए । सरकारमा पार्टीको नेतृत्व महतोले गरेर जाने कि, शरतसिंह भण्डारीले गरेर जाने भन्नेमा पनि विवाद छ ।
सरकारमा सहभागिताका विषयमा जसपामा विवाद कायमै छ । संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूह ओली नेतृत्वको सरकारलाई हटाउने हस्ताक्षर अभियानमा लागेको छ भने अध्यक्ष ठाकुर समूह भने ओलीसँग मिलेर आफ्ना मुद्दा सल्टाउने र सरकारमा सहभागी हुने दाउमा छ ।
यता, एमालेको भने सरकारमा सहभागिताको विषय टुंगिएको र सकभर भोलिसम्मै शपथ हुने अपेक्षा छ ।

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

विशेष अदालतमा माधव नेपाल

एमाले सचिवालय बैठक बस्दै

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कदैं छः एमाले महासचिव पोखरेल

प्रतिक्रिया