मुगुमा सामूहिक हत्या प्रकरणः एक सातामा पनि ठोस निस्कर्ष निस्केन

सुर्खेत । मुगुको छायानाथ रारा नगरपालिका–६, मुन्दु गाउँमा एकै परिवारका आमा र छोराछोरीसहित चार जनाको हत्या भएको एक हप्ता पुग्दासम्म पनि प्रहरीले ठोस निस्कर्ष निकाल्न सकेको छैन ।
कात्तिक ८ गते राति अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराहरू ११ वर्षीय मनोज, आठ महिनाका रहर र आठ वर्षीया छोरी अप्सराको सामूहिक हत्या गरिएको थियो । अनुसन्धानमा खटिएको प्रहरीले हत्या भएको एक सातासम्म पनि अपराधीलाई पत्ता लगाउन सकेको छैन । घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको प्रहरीले हालसम्म ठोस प्रमाण फेला पार्न सकेको छैन ।
हत्यामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भएपनि हत्यासँग सम्बन्धित प्रमाण भने फेला पार्न सकेको छैन । यस्तै कुकुरसहितको तालिमप्राप्त टोलीले अनुसन्धानलाई तीव्र पारेको छ । प्रहरीले नियन्त्रणमा लिएकाहरुसँग पनि बलियो प्रमाण भने पाएको छैन ।
घटना कात्तिक ८ गते रातिको भएपनि १० गते बिहान गाउँलेले थाहा पाएपछि ९ गते प्रहरीलाई खबर गरेका थिए । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा ११ गते घर पुगेपछि सोही दिन चारै जनाको शव जिल्ला अस्पताल मुगुमा ल्याइएको थियो ।
गएको कात्तिक ११ गते कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत (हाल नेपालगञ्ज) बाट तालिमप्राप्त कुकुरसहित कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जुम्लाबाट प्रहरीको विशेष अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय मुगुको टोलीले संयुक्त रुपमा पुरै गाउँलाई निगरानीमा राखेर सुक्ष्म अनुसन्धान गरिरहेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल पनि आफैँ घटनास्थलमा पुगेका थिए । घटनाको ठोस प्रमाण फेला नपरेपनि अनुसन्धान भने जारी राखेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए ।
प्रहरीले मसिनो ढंगबाट विभिन्न संयन्त्रको प्रयोग गरेर अनुसन्धान गरिरहेको र दिनप्रतिदिन अनुसन्धानमा प्रगति भइरहेको उनको भनाइ थियो । भौगोलिक विकटताको कारण पनि अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ । उनीहरू दसैँको दिन टीका लगाएर कात्तिक ८ गते आफ्नो घर फर्किएका थिए । घटनास्थल मुगु सदरमुकाम गमगढीदेखि पूर्वतर्फ चार घण्टाको दूरीमा छ ।
हत्या भएको चार दिनपछि आइतबार प्रहरीले एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएका उक्त व्यक्तिबारे विस्तृत सूचना भने गोप्य राखेको छ । अनुसन्धानकोे करिबकरिब नजिक पुगिसकेको भट्राईले जनाए । उनका अनुसार अनुसन्धान सम्पूर्ण कोणबाट भइरहेको र पूरै सबुत प्रमाण पुगेपछि अपराधीलाई नियन्त्रणमा लिएर सबै कुरा सार्वजनिक गरिनेछ ।
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_AvF5wtLu2o_fzd2ff2qkuvtmvjol5oa2olqc1xzxdoiev1buuk1bzsuf3uhxpfnixyfebf7.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

गाउँपालिकाका उपाध्यक्षद्वारा मदिरा सेवन गरेर कार्यालय तोडफोड

शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि कर्णालीमा गोदाममै पाठ्यपुस्तक

प्रतिक्रिया