शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

इंग्ल्यान्डका फास्ट बलर डेभिडले विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने

काठमाडौँ- इंग्ल्यान्डका फास्ट बलर डेभिड विल्लीले भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् ।

इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) ले आगामी सिजनका लागि विल्लीलाई केन्द्रीय सम्झौतामा नसमेटेपछि विल्लीको यो निर्णय आएको क्रिकबजले जनाएको छ ।

३३ वर्षीय विल्लीले बुधबार सामाजिक सञ्जालमार्फत आफूले विश्वकपपछि सन्यास लिने जनाएका हुन् ।

साविक विजेता इंग्ल्यान्डले जारी विश्वकपमा लगातार खराब प्रदर्शन गरिरहेको छ । इंग्ल्यान्डले खेलेका ६ मध्ये ५ खेलमा पराजय भोगेको छ । उसले केवल एक खेलमा जित हात पारेको छ ।