सन्दीप लामिछानेको एकदिवसीय वरीयता खस्कियो

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको आईसीसी एकदिवसीय वरीयता खस्किएको छ ।
आईसीसीले बुधबार सार्वजनिक गरेको बलिङतर्फको नयाँ वरीयतामा सन्दीप एक स्थान तल झरेका हुन् ।
यसअघि ३० औँ स्थानमा रहेका सन्दीप ३१ औँ स्थानमा झरेका हुन् । बलिङतर्फ नै नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरी ६६ औँ स्थानमा यथावत रहँदा करण केसी एक स्थानमाथि ८५ औँ स्थानमा उक्लिएका छन् ।
सोमपाल कामी ९४ औँ तथा ललित राजवंशी ९९ औँ स्थानमा यथावत छन् ।
ब्याटिङतर्फ आशिफ शेख ७३ औँ स्थानमा यथावत छन् भने रोहित कुमार पौडेल एक स्थान तल ८५ औँ स्थान र कुशल भुर्तेल एक स्थान तल ९९ औँ स्थानमा झरेका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया