सेयर बजार राताम्मे

काठमाडौँ : आइतबार सकारात्मक संकेतका साथ बढेको नेप्से परिसूचकमा सोमबार पहिरो गएको छ । ४५ दशमलव २५ अंकले नेप्से ओरालो लागेर २७८२.६८ बिन्दुमा पुगेको हो ।
म्युचुअल फन्डबाहेक सबै समूहका परिसूचक घटेका छन् । सबैभन्दा ठूलो गिरावट जलविद्युत् समूहमा देखिएको छ । यो समूहको परिसूचक ४.३१ प्रतिशतले घटेको छ । बैंकिङ समूहको परिसूचक पनि १.०१ प्रतिशतले घटेको छ ।
वरुण जलविद्युतको सेयर मू्ल्यमा सबैभन्दा ठूलो गिरावट आएको छ । ९.५७ प्रतिशतले घटेको यो कम्पनीको सेयर मूल्य चार सय २५ रुपैयाँ प्रति कित्ता पुगेको छ । नेपाल हाइड्रो डेभलपर्स कम्पनी, छ्यांदी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल र रिदी हाइड्रोपावरको सेयर मूल्यमा उच्च गिरावट आएको छ ।
सेयर मूल्यमा मात्रै होइन, कारोबार पनि घटेको छ । १३ अर्ब ९० करोड रुपैयाँ सेयर किनबेच भएको छ । जबकी आइतबार १७ अर्ब रुपैयाँभन्दा बढी सेयर कारोबार भएको थियो । एक लाख ४८ हजार सात सय १५ पटकको कारोबारमा तीन करोड आठ लाख ८८ हजार छ सय ९५ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा ठूलो कारोबार राधी जलविद्युत् कम्पनीको भएको छ । ९१ करोड रुपैयाँ बराबर राधीकै सेयर किनबेच भएको छ ।

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

प्रतिक्रिया