किसानले सात अर्ब बक्यौता रकम पाएका छैनन् : सांसद रायमाझी

काठमाडौँ – नेकपा एमालेकी सांसद बिजुला रायमाझीले नेपालमै बसेर केही गरौँ भन्ने कृषक र कृषि जन्य उत्पादनहरूमा आइ पर्ने समस्याप्रति सरकारकाे ध्यानाकर्षण गराएकी छिन् ।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद रायमाझीले सभामुखमार्फत कृषि मन्त्रालय र अर्थ मन्त्रालयलाई उक्त ध्यानाकर्षण गराएकी हुन् ।
उनले भनिन्, ‘दूध, दूधजन्य पदार्थ र माछामा आत्मनिर्भर हुँदा हुँदै भारतीय आयातलाई रोक्न र नेपाली उत्पादनको मर्म बुझिदिन जोडदार माग गर्छु । उत्पादित दूधमध्ये तिनलाख लिटर दूध बजारमा खपत हुन सकेको छैन ।’
उनले दुग्ध विकास संस्था र निजी डेरीले किसानको करिब सात अर्ब बक्यौता रकम भुक्तानी नगरेको व्यहोराको जिकिर गरिन् ।
साथै, सांसद रायमाझीले कृषिजन्य उत्पादनले उचित मूल्य पाउनलाई खुला सीमामा अनुगमन बढाउनुपर्ने मागसमेत गरिन् ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया