सडक सुरक्षा परिषद्को निर्माण हुनुपर्छ : सांसद भट्टराई

काठमाडौँ– नेकपा एमालेकी सांसद विद्या भट्टराईले सडक दुर्घटना कम गर्न छुट्टै नियमनकारी निकाय आवश्यक भएकाले सडक सुरक्षा परिषद्को निर्माण हुनुपर्ने जिकिर गरेकी छिन् ।
बिहीबारको प्रतिनिधिसभाको शून्य समयमा सांसद भट्टराईले विश्वमा सडक दुर्घटना अकाल मृत्युको आठौँ कारण भएता पनि नेपालमा भने पहिलो कारण भएको उल्लेख गरेकी हुन् ।
सांसद भट्टराईले भनिन्, ‘संयुक्त राष्ट्रसंघले २०२० देखि २०३० लाई सडक सुरक्षा दशक घोषणा गरेको छ । २०३० सम्म दुर्घटनाको दर ५० प्रतिशतले घटाउनुपर्छ भनिएको छ । तर, नेपालमा २०७९/८० को तथ्याङ्क केलाउँदा २३२० जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको र २८ हजार १५६ घाइते भएका देखिएकाे छ ।’
सांसद भट्टराईले अगाडि भनिन्, ‘असुरक्षित र मापदण्ड विपरीत सडक निर्माण, चालकको लापरबाहीले मानव जीवनको क्षतिको नियति नै बनेको छ ।'
उनले सडक सुरक्षा परिषद्को निर्माणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षणसमेत गराएकी छिन् ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया