सरकारका कारण संसदकाे गतिविधि प्रभावकारी हुन नसकेकाे विष्णु पौडेलकाे आराेप

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारका कारण संसदको गतिविधि प्रभावकारी हुन नसेकेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बिहिबारको बैठकमा बोल्दै पौडेलले सरकारका कारण संसदको चालु अधिवेशन प्रभावकारी नभएको र सदन प्रभावकारी हुन्छ भन्ने डर सरकारमा हाबी भएको आरोप लगाएका हुन् । उनले सदनमा सांसदहरूले उठाएका आवाजहरूको जवाफ सरकारले दिन नचाहेको जिकिर गरे ।
पौडेलले सम्वाद सहमति र सहकार्य राम्रो कुरा भए पनि प्रतिपक्षीका जायज आवाजहरूलाई दमन गरेर सरकारले सम्वाद सहमति र सहकार्यको खिल्ली उडाएको धारणा राखे ।
जनयुद्धलाई राष्ट्रिय दिवस मानेर चलेको सत्ता गठबन्धन अहिलेसम्मको सुन्दर गठबन्धन भन्दै उनले कटाक्ष गरे । पौडेलले सरकारलाई फागुन १ गते युद्ध दिवस मनाउनु ठीक हो भन्ने लाग्छ भने सदनमा प्रस्तुत गरेर पारित गर्न चुनौती दिए । उनले फागुन १ गते नेपालमा हिंसाको आरम्भ भएको भन्दै त्यस दिनलाई उत्सवको रूपमा मनाउन नसकिने स्पष्ट पारे ।
उपाध्यक्ष पौडेलले अर्थतन्त्र चौतर्फी संकटमा रहे पनि संकट समाधानका लागि सम्पूर्ण रूपले असफल रहेको तर्क गरे । उनले अर्थतन्त्रमा देखिएका चुनौतीलाई समाधान गर्न सरोकारवालाहरूलाई सहभागी गराएर महासम्मेलन गर्नुपर्नेमा उनले जोड दिए ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया