अध्यक्ष यादवले भने- सत्तारूढ दलहरूले संघीयता खारेज गरिदिन्छन् कि जस्तो देखियो
काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्तारूढ दलहरूले नै संघीयता खारेज गर्छन् कि भन्ने आशंका व्यक्त गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हालसम्म संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन नल्याएको भन्दै सत्तारूढ दलहरूले नै संघीयता खारेज गर्छन् कि जस्तो देखिएको बताएका हुन् । उनले प्रदेशलाई अधिकार, कानुन र कार्य गर्ने आवश्यक जनशक्ति नदिँदा संघीय लोकतान्त्रिक गणतन्त्र कसरी टिक्छ भनेर प्रश्न समेत गरे ।
अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने कुरामा गम्भीर प्रश्न रहेको बताए । चुरे क्षेत्रमा उत्खनन कार्यलाई प्रतिबन्ध लगाउनुपर्ने पनि उनले भनाइ राखे ।
उनले आगामी दिनमा लामो समयसम्म संसद् अवरुद्ध हुने र संसदमा विधेयक नल्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि उल्लेख गरे ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया