एआई एप विरुद्ध स्कारलेटको उजुरी

लसएन्जल्स - आफ्नो अनुमतिबिना एआई एपले आफूलाई प्रयोग गरेर विज्ञापन गरेको भन्दै अभिनेत्री स्कारलेट जोन्सनले एपविरुद्ध उजुरी गरेकी छिन् । सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञापनमा जोन्सनले लिजा एआई एपको विज्ञापन गरेकी छिन् । विज्ञापनको लम्बाई २२ सेकेन्ड रहेको छ ।
जोन्सनका प्रवक्ताले उनी एपको प्रचारक नभएको स्पष्ट पारेका छन् । अहिले त्यो विज्ञापन एक्समा नरहे पनि आफूहरूले यसलाई सामान्य रुपमा नलिएको जोन्सनका वकिलले प्रतिक्रिया दिएका छन् ।
‘हामीले यसलाई सामान्य रुपमा लिएका छैनौँ,’ वकिलको भनाइ छ, ‘लिनुपर्ने कानुनी उपचारमा हामी गइसकेका छौँ ।’भिडियो क्लिप जोन्सनको ‘ब्ल्याक विडो’बाट बनाइएको थियो । भिडियोमा जोन्सनको आवाज पनि दुरुस्त उतारिएको छ । विज्ञापनमा उनले एपको मद्दतले तस्बिर र एआई भिडियो पनि बनाउन सकिने कुरामा जोड दिइएको छ ।
अमेरिकामा राज्य अनुसार अनुमतिबिना फोटो वा भिडियो प्रयोग गर्न नपाइने कानुन छ । गत महिना टम ह्याङ्क्सले पनि आफूलाई गलत विज्ञापनमा प्रयोग गरेको पाएपछि सूचना नै निकाल्न परेको थियो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया