अभिनेत्री जुही चावलाले हालिन् भारत सरकारलाई मुद्दा

मुम्बई : अभिनेत्री जुही चावलाले भारत सरकारलाई मुद्दा हालेकी छिन् । उनले फाइभ जी मोबाइल टेक्नोलोजी लागू गर्ने निर्णय रोकी पाउँ भन्दै अदालतमा मुद्दा दायर गरेकी हुन् । उनले सोमबार दिल्लीको उच्च न्यायलयमा मुद्दा दर्ता गराएकी छिन् ।
जुहीले दर्ता गराएको मुद्दामा फाइजीले मानिस र वन्यजन्तुमा आरएफ रेडिएसन पैदा गर्ने र यसले सबैको जीवन तहसनहस बनाउने दाबी गरिएको छ । ‘न मान्छे, न जनावर, न चरा, न किरा, न रुखबिरुवा, यो पृथ्वीका भएका कसैले पनि रेडिएसनको प्रभाव झेल्न सक्दैनन् । फाइफ जी लागू भएपछि अहिलको तुलनामा रेडिएसन सय गुणा बढ्छ,’ जुहीले हालेको रिटमा भनिएको छ ।
जुहीले लागू नै गर्ने भए पनि यस सम्बन्ध प्रशस्त अनुसन्धान हुनुपर्ने र यसको निष्कर्ष जनतालाई देखाउन पनि माग गरेकी छिन् । अदालतले भने जुहीको मुद्दालाई जुन २ मा सम्बोधन गर्ने जनाएको छ । सरकारले सन् २०१९ मा गरेको एक निर्णयअनुसार भारतमा फाइभ जी मोबाइल टेक्नोलोजी लागू गर्ने निर्णय गरेका थियो । सो समयदेखि नै जुहीले यसको विरोध गर्दै आएकी छिन् । जुहीबाहेक अन्य थुप्रै वातावरणविद्ले पनि फाइभ जीका विरोध गर्दै आएका छन् ।

आमिर खानकी आमाले ९१ वर्षमा गरिन् बलिउडमा डेब्यु

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ बाट पनि

कस्तो छ हाउसफुलः ५ ?

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

प्रतिक्रिया