आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

रिगलको कैद मिनाहा बदरको फैसलालाई रवि लामिछानेले गरे स्वागत

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिगल भनिने योगराज ढकाललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले योगराज ढकाल 'रिगल' को कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका हुन् । उनले आफूहरूले कैद मिनाहाका लागि सडक र सदनमा पनि जोडदार माग गरेको र राष्ट्रपतिलाई समेत गएर भेटेको कुरा स्मरण गरे । उनले सरकारले यस त्रुटीबाट पाठ सिकेर आगामी दिनमा विधिको शासनको महसुस गर्नुपर्ने बताए ।

सभापति लामिछानेले संसदको चालु अधिवेशनमा जनअपेक्षा अनुरूप संसदले काम गर्न नसकेको बताए ।