पीडितलाई केन्द्रमा नराखेसम्म शान्ति प्रक्रिया टुङ्ग्याउन सकिँदैन : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पीडितलाई केन्द्रमा नराखेसम्म शान्ति प्रक्रिया टुङ्ग्याउन नसकिने स्पष्ट पारेका छन् ।
बिहीबार संसद् भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पीडितलाई नै थिचोमिचो गर्ने र तरमारा वर्गको रूपमा परिणत भइसकेकाहरूलाई शान्ति प्रक्रिया टुंग्याएको बहाना गर्न नसकिने भन्दै पीडितलाई केन्द्रमा राखेर मात्रै शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने बताएका हुन् ।
हिंसा सुरु गरेको दिनलाई उत्सवको रूपमा मनाउन थालिएको र हिंसाको जयगान हुन थालेको भन्दै उनले आपत्ति जनाए । उनले अन्तर्राष्ट्रिय मानव अधिकार परिषद्ले दिएको सुझाव, सर्वोच्चको आदेशअनुसार शान्ति प्रक्रिया टुंग्याउनुपर्नेमा जोड दिए । त्यस्तै ओलीले वर्तमान सरकारले संसदीय प्रक्रिया र लोकतान्त्रिक अभ्यासलाई ध्वस्त पारेको आरोप लगाए ।
बहुमतका आधारमा संसदलाई पङ्गु बनाउने काम भएको र मिटरब्याजी कानुन बाहेक अरु केही काम हुन नसकेको उनको भनाइ छ । उनले वर्तमान सरकार संविधानविपरीत चल्ने स्वेच्छारी भएको र राजनीतिक तथा संवैधानिक हिसाबले भ्रष्ट भएको जिकिर गरे ।
ओलीले एमाले बाहेक अरु कसैको नेतृत्वमा देशको विकास सम्भव नरहेको भन्दै मिसन ८४ मा ध्यान केन्द्रित गर्न सांसदहरूलाई निर्देशन दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया