प्रश्न खेपेका न्यायाधीशले संवैधानिक इजलास छाड्ने/नछाड्ने टुंगो लागेन

काठमाडौँ : कानुन व्यवसायीको प्रश्न खेपेका न्यायाधीशले संवैधानिक इजलास छाड्ने वा नछाड्ने विषयमा न्यायाधीशहरूको मत बाझिएको छ । यही कारण सोमबार प्रश्न खेपेका न्यायाधीश इजलासमा बस्ने कि नबस्ने भन्ने विषयमा आदेश नआउने भएको हो ।
यही विषयलाई टुंग्याउनको लागि सोमबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित वरिष्ठ न्यायाधीशहरू छलफलमा जुटेका छन् । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठिन संवैधानिक इजलास विषयवस्तुमा प्रवेश गर्न नपाउँदै न्यायाधीशमाछि प्रश्न उठेको थियो ।
आइतबारको सुनुवाइमा पनि कानुन व्यवसायीले न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि प्रश्न उठाएका हुन् । इजलासले यही विषयमा लामो बहस गराएपछि बहसको टुंगो सोमबार लग्ने अनुमान गरिएको थियो । तर, प्रश्न उठेका न्यायाधीशले नै इजलास छाड्न नमानेपछि समस्या विषय थप जटिल भएको हो । अर्कोतिर प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको पेशी मंगलबार राखिएको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया