सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

सुदूरपश्‍चिममा वित्तीय हस्तान्तरण: देउवाको गृह जिल्लामा कम, भट्टकोमा सबैभन्दा बढी

धनगढी : आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि संघीय सरकारले सुदूरपश्चिम प्रदेशलाई १४ अर्ब ५८ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । प्रदेशका नौँ जिल्लाका लागि संघबाट अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत सो रकम पठाउने भएको हो । 

प्रदेशमा सबैैभन्दा बढी कैलाली जिल्लालाई वित्तीय हस्तान्तरण भएको छ भने काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराले सबैभन्दा कम अनुदान पाउनेछ । कैलाली जिल्ल्लालाई ६ अर्ब ५ करोड वित्तीय हस्तान्तरण हुने भएको छ । १३ स्थानीय तह रहेको कैलालीलाई समानीकरण, सशर्त, समपूरक र विशेष गरी ६ अर्ब ५ करोड अनुदान रकम हस्तान्तरणका लागि छुट्याइएको छ । कैलाली एमाले नेता तथा पूर्व मन्त्री लेखराज भट्टको गृह जिल्लासमेत हो ।

नौँ स्थानीय तह रहेको कञ्चनपुरलाई तीन अर्ब ५७ करोड, नौँ स्थानीय तह रहेको डोटी जिल्ल्लालाई दुई अर्ब ८५ करोड, नौँ स्थानीय तह नै रहेको डोटीलाई दुई अर्ब ९९ करोड वित्तीय हस्तान्तरणका लागि बजेट छुट्याइएको छ । नौँ स्थानीय तह रहेको बाजुरा जिल्ल्लालाई दुई अर्ब ६७ करोड, १० स्थानीय तह रहेको बैतडी  जिल्ल्लालाई तीन अर्ब ६५ करोड, १० स्थानीय तह नै रहेको अछाम  जिल्ल्लालाई तीन अर्ब ४२ करोड, १२ स्थानीय तह रहेको बझाङका लागि तीन अर्ब ६८ करोड बजेट विनियोजन भएको छ । देउवाको गृह जिल्ला डडेल्धुरालाई दुई अर्ब ४० करोड वित्तीय हस्तान्तरणका लागि बजेट विनियोजन भएको छ । जिल्लामा सात स्थानीय तह छन् ।