सिटी एक्सप्रेसद्वारा पहिलो एक लाख विजेताको नाम घोषणा

काठमाडौँ – सिटी एक्सप्रेस मनी ट्रान्सफरले महान चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै ६१ दिनसम्म चल्ने ‘विदेशबाट सिटी पठाऔँ, दश गुणा बढी पाऔँ’ उपहार योजना अन्तर्गत पहिलो विजेताको नाम घोषणा गरेको छ ।
विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबाट रेमिटेन्स पठाउने स्वादेन लिम्बुले एक लाख रुपैयाँ जित्न सफल भएका हुन् ।
लक्की ड्र मार्फत हरेक महिना एक जनालाई जनही एक लाख रुपैयाँ हरेक हप्ता पाँचजनालाई जनही २५ हजार रुपैयाँ साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरूलाई जनही पाँच सय रुपैयाँको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको छ ।
सोही योजना अनुरूप अहिले सम्म ३१०० जनाले पाँच सय रुपैयाँको वालेट टप् अप, २० जना साप्ताहिक विजेताहरूले जनही २५ हजार रुपैयाँ जित्न सफल भैसकेका छन् भने एक जना भाग्यशाली मासिक विजेताले एक लाख रुपैैयाँ जित्न सफल भएका छन् ।
कम्पनीका अनुसार यो अफर असोज १५ देखि मङ्सिर १५ गते सम्म लागू हुनेछ । यो अवधि भरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवा ग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

आजदेखि घट्यो पेट्रोलको मूल्य, बढ्यो डिजेल र मट्टितेलको

आजको लागि विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया