आईपीएलः दिल्लीले गुमाउने तीन खेलाडी

काठमाडौँ: स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ का बाँकी खेल सेप्टेम्बर-अक्टाेबरमा हुनेछन् । आईपीएलका बाँकी खेल संयुक्त अरब इमिरेट्स (युएई) मा खेलाइने बताइएकाे छ ।
आइपीएल स्थगित हुनुअघि दिल्ली क्यापिटल्स शीर्ष स्थानमा थियो । आठ खेलेर दिल्लीले १२ अंक बटुलेको अवस्था थियो । अबका दुई खेल जिते दिल्ली प्लेअ–अफमा पुग्नेछ । उसो त आइपीएल युएईमा हुने खबरले दिल्ली खुशी नै भएको हुनुपर्छ । किनभने आइपीएल २०२० पनि युएईमै खेलाइदा दिल्लीको प्रदर्शन सन्तोषजनक थियो । दिल्ली घरेलु र विदेशी स्टारले भरिएको छ । तर आइपीएल पुनः सुरु हुँदा दिल्लीका तीन इंग्लिस स्टार भने टिममा फर्कने छैनन् ।
क्रिस वक्स
क्रिस वक्स ‘अन्डररेटेड’ अल–राउन्डर हुन् । आइपीएल २०२१ का सुरुवाती तीन खेलमा वक्सले मौका पाए । ती खेलमा उनले पाँच विकेट लिए । तर पछि उनलाई खेल्ने मौका दिइएन । विशेषगरी ‘डेथ’ ओभर तथा ‘पावर प्ले’ मा वक्स प्रभावशाली देखिएका थिए । तल्लोक्रममा रहेर ब्याटिङ गर्न आउँदा वक्सले टिमका लागि आवश्यकिय रन बनाउने ल्याकत राख्छन् । इंगल्यान्डको राष्ट्रिय टिमबाट खेल्नु पर्ने भएकाले उनले युएईमा दिल्लीका खेल गुमाउने छन् ।
टम कुरन
टम कुरन पनि अल राउण्डर नै हुन् । उनको बलिङमा ‘भेरिएसन’ हुन्छ । उनले विश्व क्रिकेटमा नाम चलेका विभिन्न फ्रेन्चाइज लिग खेल्दै गहिरो अनुभव संगालेका छन् । यद्यपि उनको बलिङ महंगो हुने गरेको छ । यति हुँदाहुँदै पनि उनी निर्णयाक ओभरमा बलिङ गर्न सधैँ तयार हुन्छन् । अनि ब्याटिङमा पनि उनको महत्व कम छैन । उनी इंगल्यान्डको टी–ट्वान्टी टिममा परेका छन् । इंगल्यान्डको व्यस्त तालिकाका कारण कुरनले आइपीएल खेल्न पाउने छैनन् ।
साम बिलिङिग्स
साम बिलिङग्स लामो समयदेखि टि–ट्वान्टी क्रिकेटमा सक्रिय छन् । दिल्लीले उनलाई ‘ब्याक–अप’ विकेटकिपरका रुपमा खरिद गरेका हो । त्यसबाहेक बिलिङिग्सले तल्लोक्रममा रहेर बलियो ब्याटिङ पनि गर्न सक्छन् । उनल हालसम्म २२ आइपीएल खेल खेलेका छन् । दिल्ल्लीबाट २०१६ र २०१७ मा पनि आइपीएल खेलेका बिलिङिग्स इंगल्यान्डको टि–ट्वान्टी तथा एक दिवशिय टिमका सदस्य हुन् । युएईमा आइपीएल फर्कदा बिलिङिग्स दिल्लीको टिममा हुनेछैनन् । उनको स्थानमा दिल्लीले विष्णु विनोदलाई मौका दिनेछ ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया