संसदीय व्यवस्था भनेपनि सांसदका कुरा लागू हुँदैनन् : सिके राउत

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके)ले शीर्ष तीन नेताहरूले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टीको स्थापना भएको बताएका छन्
शुक्रवार काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले नाम मात्रैको लोकतन्त्र रहेको बताए । उनले संसदीय व्यवस्था भनेपनि सांसदहरूले भनेका कुरा लागू नहुने गरेको बताए । उनले देश ३५ वर्ष यता तीन जना नेताहरूमै घुमिरहेकाले त्यसलार्य चिर्न आफूहरू आएको बताए । उनले जनताका गास, बास र कपास,शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षाका अपेक्षालाई पूरा गर्नुपर्ने जिम्मेवारी आफूहरूमा रहेको बताए ।
‘अहिले हाम्रोमा कस्तो देखियो भने, भन्नलाई लोकतन्त्र भन्छौँ । हिजो पनि संसदमा सुन्नुभएको होला । भन्नलाई संसदीय व्यवस्था भन्छौँ तर त्यहाँ सांसदले भनेको कुरा खासमा लागू हुँदैन । दुई तीन जना नेताले जे भन्नुहुन्छ त्यही हुन्छ । त्यो व्यवस्थालाई चिर्ने । दुई चार जना नेताले मात्रै ३०–३५ वर्ष देश चलाइरहेको छ । तिनीहरूको सेरोफेरोमा देश घुम्दै आएको छ' उनले भने ।
'जनताले के चाहेको हो ? गास, बास र कपास । शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा' उनले भने 'जनताले चाहेको कुरालाई नै सम्बोधन गर्न जनताकै मत अनुरुप चल्ने पार्टी जनमत पार्टी हो' उनले भने 'त्यसैले जनमत पार्टी नाम राखेका हौँ । जनमत पार्टी पहिलो प्रयासमै निर्वाचनमा भाग लिएपछि पहिलो पार्टी बन्न सफल भयो । आगामी दिनमा जनमत पार्टी यो देशकै भविष्य हो । वैकल्पिक धारको रुपमा स्थापित छ ।’
अध्यक्ष राउतले जनताको भरोसालाई इमान्दारितकासाथ पूरा गर्ने जिम्मेवारी आफ्नो पार्टीलाई आएको बताए । उनले पार्टीलाई राष्ट्रव्यापी रुपमा बिस्तार गर्ने बताए । उनले आफू मन्त्री बन्नकै लागि पार्टी खोलेर राजनीतिमा नआएको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया