सोमबार ६४९१ संक्रमणमुक्त, ११४ को मृत्यु

काठमाडौँ : पछिल्लो २४ घण्टामा छ हजार ४ सय ९१ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख ४७ हजार ४ सय ४६ संक्रमणमुक्त भइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४ हजार ७ सय ६२ मा संक्रमण देखिएको हो । पाँच लाख ६१ हजार ३ सय २ जनालाई संक्रमण देखिइसकिएको छ।
१७ हजार ४ सय ८० जनाको कोभिड परीक्षण गरिएको थियो । ३० लाख ५७ हजार ४ सय २४ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर सक्रिय संक्रमित १ लाख ६ हजार ४ सय ७० छन् ।
त्यसैगरी आज १ सय १४ जनाको मृत्यु भएको छ । हालसम्म ७ हजार ३ सय ८६ को मृत्यु भएको छ । काठमाडौँमा ८ सय ९०, ललितपुरमा २ सय ५२ र भक्तपुरमा १ सय २१ जनामा संक्रमण देखिएको हो ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया