कालो कोट लगाएका अराजकहरूले न्यायाधीशको मर्यादा कुल्चिए : ओली
काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालो कोट लगाएका अराजक व्यक्तिहरूले न्यायमूर्तिहरूको मर्यादा कुल्चने काम गरेको बताएका छन् । सोमबार युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले न्यायाधीशमाथि विपक्षी गठबन्धनका कानुन व्यवसायीले उठाएको प्रश्नप्रति आक्रोश व्यक्त गरेका हुन् ।
ओलीले रिट निवेदक र अधिवक्ताहरूले अदालतको मानसम्मान, न्यायाधीशहरूको मानसम्मान गरिमा कुल्चने काम गरेको टिप्पणी गरेका हुन् । अधिवक्ताहरूले न्यायाधीश तय गर्ने हो भने कस्तो न्यायिक सिस्टम तय गछौं भन्ने प्रश्न सिर्जना भएको उनको भनाइ छ ।
त्यस्तै आफूले प्रक्रिया पुर्याएरै प्रतिनिधि सभा विघटन गरेकाले विपक्षीहरू अदालतमा गएर केही नहुने भन्दै ओलीले निर्वाचनमार्फत जनतामा जान्छु भन्नु प्रतिगमन नहुने बताए । प्रधानमन्त्री ओलीले मतका लागि 'पपुलिस्ट' र घटिया काम सरकारले नगर्ने दाबी गरे ।
प्रधानमन्त्री ओलीले केही दलले दल विभाजन र किर्ते काम गरिरहेको भन्दै किर्ते कागजका भरमा प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी भएको आरोप लगाए । एमाले नेता माधवकुमार नेपाल-झलनाथ खनाललगायतका केही नेता आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्न निर्लज्ज तरिकाले लागेकोसमेत उनले बताए ।
प्रधानमन्त्री ओलीले सरकारमाथि चारैतिरबाट घेराबन्दी भएको भन्दै ओलीले त्यसलाई चिर्न युवा संघलाई निर्देशनसमेत दिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया