ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

जनकपुरधाम- ट्रयाक्टर दुर्घटनामा परी महोत्तरीमा एक जनाको ज्यान गएको छ । शुक्रबार दिउँसो करिब १ बजेको समयमा महोत्तरीको लोहरपट्टि नगरपालिका वडा नम्बर ८ भ्रमपुराको बिगही नदीको किनारमा ट्रयाक्टर पल्टिँदा चालकको ज्यान गएको हो ।
अन्दाजी २५ वर्षीय चालकको नाम वतन खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रदेश २–०२–००१ त १९६९ नम्बरको ट्रयाक्टर चलाएर लैजाँदै गर्दा अनियन्त्रित भएर ट्रयाक्टर पल्टेको बताइएको छ ।
शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाएर अनुसन्धान प्रक्रिया अघि बढाइएको महोत्तरी प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया