क्रिकेट टोलीलाई एमाले अध्यक्ष र पूर्व राष्ट्रपति भण्डारीको बधाई

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई ज्ञापन गरेका छन् ।
अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेट खेलाडीलाई बधाई ज्ञापन गर्दै अबको विश्वकपको यात्राका निम्ति शुभकामना व्यक्त गरेका छन् ।
यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि विश्वकपका लागि नेपाली क्रिकेट टोली छनोट भएकामा हार्दिक बधाई ज्ञापन गरेकी छन् । उनले सामाजिक सञ्जाल एक्समा नेपालको यो ऐतिहासिक सफलताले समग्र खेल थप उत्साहित हुनका साथै यसले सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको उल्लेख गर्दै नेपाली क्रिकेटको थप सफलताको कामना गरेकी छन् ।
आज मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई नेपालले आठ विकेटले पराजित गर्दै विश्वकपमा छनोट भएको हो । सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी टी–२० विश्वकपमा नेपालले प्रतिस्पर्धा गर्नेछ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया