चार वर्षमा पनि सञ्चालनमा आएन खानेपानी ट्याङ्की

जनकपुरधाम- चार वर्ष बितिसक्दा पनि निर्माणाधीन पानी ट्याङ्की सञ्चालनमा नआउँदा धनुषाको मिथिलाबिहारी नगरपालिकाका एक हजार बढी घरधुरीले खानेपानीको समस्या झेल्दै आइरहेका छन् ।
मिथिलाबिहारी नगरपालिका ५ ललियास्थित निर्माणाधीन रहेको पानी ट्याङ्की सुचारु नहुँदा जाडोको मौसममा चापाकलमा पानी आए पनि सुक्खा मौसममा खानेपानीको समस्या स्थानीयवासी भोग्दै आएका छन् ।
वि.सं. २०७५ सालदेखि नै बन्दै आएको पानी ट्याङ्की बनेर सम्पन्न भए पनि मोटर सुचारु नगर्दा १ हजार बढी घरधुरीलाई पानीको समस्या भएको हो । ट्याङ्की निर्माणका लागि खानेपानी तथा सरसफाइ समिति ललियाले २०७६ सालदेखि नै अनवरत काम गर्दै आए पनि ट्याङ्की निर्माण गरे पनि मोटर अभावमा खानेपानी सञ्चालन हुन नसकेको जनाइएको छ ।
मधेश प्रदेशका तत्कालीन मन्त्री जीतेन्द्र सोनलको पालामै १ करोड बढीको लागतमा सो पानी ट्याङ्की निर्माण गरिएको थियो । पानी ट्याङ्की निर्माण गरेर प्रदेश सरकारले शो–पिसमा राखेको गुनासो स्थानीयवासीहरूको रहेको छ । स्थानीय विरेन्द्र साहले भने, 'पानी ट्याङ्की निर्माण गरे पनि मोटर नै जडान नगर्दा त्यसको कुनै औचित्य छैन । प्रदेश सरकारले ट्याङ्की जनताको समस्या समाधानका लागि नभइ शो पिसका लागि राखेको छ ।'
स्थानीयहरूले साइट ईन्जिनियर एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मधेश प्रदेशका प्रमुख सुरेन्द्र शर्माको व्यक्तिगत स्वार्थका कारण खानेपानी ट्याङ्की अहिलेसम्म सञ्चालनमा आउन नसकेको आरोप लगाएका छन् । स्थानीयको आरोपबारे प्रमुख शर्माले भने, 'स्थानीयको गुनासो जायज हो । तर, यो समस्या प्रदेश सरकारले किस्ता किस्तामा बजेट उपलब्ध गराएको कारण ढिला हुन गएको हो । तर, चालु आर्थिक वर्षमै ललियावासीलाई खानेपानी खुवाउनेछु ।'
उनले भने, ‘ट्याङ्कीमा मोटर पनि जडान भइसकेको अब पाइप बिछाउने काम जारी रहेको छ छिट्टै नै खानेपानी ट्याङ्की सञ्चालनमा ल्याउने छौं ।'

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया