'विदेशी स्टारबिना पनि आईपीएलका बाँकी खेल हुन्छन्'

काठमाडौँ: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ का बाँकी खेल संयुक्त अरब इमिरेट्स (युएई) मा हुने निश्चित भइसकेको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आईपीएल आयोजना स्थलको टुङ्गो लगाउँदा, अन्य प्रश्नको उत्तर भने दिन सकेको छैन । जस्तै, खेल तालिका, समर्थक रंगशालामा जान पाउने/नपाउने, विदेशी खेलाडीको उपस्थिती आदि ।
अन्तराष्ट्रिय क्रिकेट तालिका आइपीएलको तालिका जुध्ने निश्चित जस्तै छ । यस्तोमा बेन स्टोक्स, जोस बट्लर, सिटभ स्मिथ जस्ता विदेशी खेलाडी आईपीएल खेल्न युएई नपुग्न सक्छन् । तर विदेशी स्टारबिना पनि आईपीएलका बाँकी खेल आयोजना गरिने बीसीसीआईका उपाध्यक्ष राजिब शुक्लाले प्रष्ट पारेका छन् । विदेशी खेलाडीको सहभागितामाथि भन्दा प्रतियोगिता सम्पन्न गर्नेतर्फ आफूहरूको ध्यान रहेको शुक्लाको भनाइ थियो ।
‘हामीले विदेशी खेलाडीको सहभागिताबारेमा पनि छलफल गरेका छौ । तर हाल हाम्रो ध्यान आइपीएलका बाँकी खेल कसरी सम्पन्न गर्न सकिन्छ भनेतर्फ नै छ । केही विदेशी खेलाडी उपलब्ध नहुन सक्छन् । तर भारतीय खेलाडी हुन्छन् । त्यसकारण हामी प्रतियोगिता सम्पन्न गर्नतर्फ लागिरहेका छौ,’ शुक्लाले दुबईको अखबार खलिज टाइम्ससँग कुरा गर्दै भनेका छन् । उपलब्ध नहुने विदेशी खेलाडीका स्थानमा आईपीएलका फ्रेन्चाइज टिमले नयाँ खेलाडी अनुबन्ध गर्ने शुक्लाको भनाइ थियो ।
आईपीएल पुनः सुरु हुँदा रंगशालामा समर्थकलाई प्रवेश गर्न दिइन्छ/दिइदैन भन्ने प्रश्नमा शुक्लाको जवाफ थियो, ‘यसबारेमा हामी युएईसँग कुरा गर्नेछौँ । निर्णय युएईबाट जवाफ आएपछि हुन्छ । उनीहरूले जे भन्छन् हामीले त्यही गर्नुपर्ने हुन्छ,’
आईपीएलको खेल तालिकाबारेमा भन्ने निर्णय भइनसकेको शुक्लाको भनाइ थियो । बीसीसीआईका अध्यक्ष सौरभ गांगुली, सचिव जय शाह र आईपीएल प्रमुख ब्रिजेश पटेल युएई पुगेपछि छलफल गरिने र खेल तालिका सार्वजनिक हुने शुक्लाले जानकारी दिए ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया