लुम्बिनी सरकारले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने

तुलसीपुर (दाङ)- लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ । आज तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए ।
साथै प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउने निर्णयसमेत गरेको छ ।
प्रदेशले यसअघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट मृत्यु भएका परिवारप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ । रासस

भृकुटीमण्डपमा रैथाने खाना

मन्दिरको गेट निर्माणका क्रममा एकको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_5ydI7NqXlV_0gvfdnmyyrkxtjfjmmkw741bdkdtdsiwlszpiwy6y3qybh3tk7e1yydfho75_1fljoYQA8q_tbxkmqjdz4r98vvtjinuzimg4deyeql02jdtbziqhscn5qywzae3o5ipavul.jpg)
बुटवलमा महिलामाथि गोली प्रहार

पूजाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग

प्रि–मनसुन अवधिमा ४१ जनाको मृत्यु, २५७ घाइते

सञ्चारिकाको अध्यक्षमा पन्थी

दाल धेरै भयो ? पराठा बनाउने कि

प्रतिक्रिया