शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

रचिनले तोडे सचिनको कीर्तिमान

काठमाडौँ- न्यूजिल्यान्डका अलराउन्डर रचिन रविन्द्रले पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् ।

डेब्यू विश्वकपमै न्यूजिल्यान्डका लागि तीनवटा शतक प्रहार गर्दै रचिनले सचिनको कीर्तिमान तोडेका हुन् ।

भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत शनिबार पाकिस्तानविरुद्ध २३ वर्षीय रचिनले ९४ बलमा १ सय ८ रन जोडे ।

यससँगै २५ वर्ष भन्दा कम उमेरमा विश्वकपमा ३ शतक प्रहार गर्ने रचिन पहिलो खेलाडी बनेका छन् । यसअघि सचिनले २५ वर्ष पुग्नुअघि विश्वकपमा २ शतक हिर्काएका थिए ।

त्यसैगरी, रचिन एउटै विश्वकपमा न्यूजिल्यान्डका सर्वाधिक शतक प्रहार गर्ने खेलाडी समेत बनेका छन् ।