शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १४३ पुग्यो

काठमाडौं - भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १४३ पुगेको छ ।

गए राती जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्प परी हालसम्म १४३ जनाको ज्यान गएको हो भने घाइतेको संख्या १६६ जना पुगेका छन ।

नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै १ सय ५ जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका छन । 

र, रूकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन भने ८५ जना घाइते भएका छन । 

घाइतेहरूको स्थानीय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडौंमा गरी उपचार भइरहेको छ ।