विश्वकपमा स्थान बनाएको नेपालको टी-ट्वान्टी वरीयतामा पनि सुधार

काठमाडौँ- आगामी वर्षको आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपमा स्थान सुरक्षित गरेको नेपालको आईसीसी वरीयतामा पनि सुधार भएको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयताअनुसार नेपाल एक स्थानमाथि उक्लिएको हो । यसअघि १६ औँ स्थानमा रहेको नेपाल नयाँ वरीयतामा १५ औँ स्थानमा उक्लिएको छ ।
आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्गत घरेलु मैदानमै सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ८ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा स्थान बनाएको थियो ।
नेपालसँगै विश्वकपमा स्थान बनाएको ओमान भने १८ औँ स्थानमा रहेको छ ।
वरीयताको शीर्ष स्थानमा क्रमशः भारत, इंग्ल्यान्ड र न्यूजिल्यान्ड रहेका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया