उपत्यकामा निषेधाज्ञा : जेठ २० पछि खुकुलो

काठमाडौँ : काठमाडौँ उपत्यकामा कोभिड-१९ संक्रमण फैलन नदिन लगाइएको निषेधाज्ञा जेठ २० गते सकिँदैछ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले संक्रमणको चेन ब्रेक रोक्न निषेधाज्ञा जारी गरेका छन् ।
जनजीवन कष्टकर बन्दै गएकाले २० गतेपछि निषेधाज्ञा खुकुलो पार्दै लैजाने तयारी भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
'खाद्यान्न पसल, डिपार्टमेन्ट स्टोर र सार्वजनिक निर्माण स्थलका क्षेत्रलाई खुकुलो बनाउँदै लगिन्छ,' पराजुलीले इकागजसँग कुरा गर्दै भने । होटल, विद्यालय जस्ता बढी भिडभाड हुने ठाउँ तत्काल खुला नगरिने उनको भनाइ छ ।
पछिल्लो समय थप गरिएको निषेधाज्ञाको समय सकिन दुईदिन मात्र बाँकी छ । संक्रमणको अवस्था अवस्था हेरेर थप निर्णय लिने पराजुलीले बताए । निषेधाज्ञाको विषयमा स्वास्थ्य मन्त्रालयसँग थप छलफल गरिने उनको भनाइ छ ।
जनस्वास्थ्यको मापदण्डमा पूर्ण रुपमा कडाइ गरिने उनले बताए । निजी 'सवारीसाधनलाई सञ्चालनमा कडाइ गरिन्छ र पास बिनाका कुनै पनि सवारीसाधनलाई बाहिर निस्कन दिने छैनौँ,' उनले थपे । संक्रमण फैलन नदिन नागरिक आफैँ सचेत हुनुपर्ने उनी बताउँछन् । पछिल्लो समय थप गरिएको निषेधाज्ञाको केही हदसम्म पालना भएको उनले बताए ।
कोभिड-१९ को संक्रमणको तीव्र रुपमा फैलिएपछि पहिलो चरणको निषेधाज्ञा वैशाख १६ गतेदेखि लागू भएको थियो । संक्रमण दर नघटेपछि बैशाख २२ गते पुनः निषेधाज्ञा थप गरी २९ गतेसम्म र २९ गतेदेखि पुन थप गरी जेठ १३ गते रातीदेखि २० गते बजेसम्म निषेधाज्ञा जारी भएको छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

नक्कली परीक्षार्थी पक्राउ

वर्षाका कारण फोहर व्यवस्थापनमा समस्या नहुने

खोला तथा नदी तटमा नबसी सुरक्षित हुन रसुवा प्रशासनकाे अनुरोध

नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा

वर्षासँगै पानी बढेपछि कैलालीका नदीमा देखिन थाले डल्फिन

प्रतिक्रिया