आगोले जलेर घाइते लक्ष्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौँ : डोटीमा शनिबार राति जलाइएकी लक्ष्मी भाटको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले बेहोर्ने भएको छ । गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले विज्ञप्ति जारी गरी घाइते महिलाको उपचार खर्च सरकारले बेहोर्ने बताएका हुन् ।
आदर्श गाउँपालिका-४ रोडिङ्गेकी २८ वर्षीया लक्ष्मी भाटलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । काठमाडौँको कीर्तिपुर अस्पतालमा लक्ष्मीको उपचार भइरहेको छ ।
विभिन्न सघसंस्थाको पहलमा गाउँबाट उद्धार गरेर आइतबार दिपायलको सुजंग अस्पतालमा भर्ना गरिएकी भाटको त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ ल्याएर उपचार थालिएको हो । आफ्नै पसलमा सुतिरहेको अवस्थामा पहिचान नखुलेका व्यक्तिले मट्टितेल छर्केर आगो लगाएका थिए ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

प्रतिक्रिया