मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको भीसी नियुक्ति प्रक्रिया थालियो

जनकपुरधाम- मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति (भीसी) नियुक्ति गर्ने तयारी प्रदेश सरकारले थालेको छ । उपकुलपति डा.रामकेवल साहको निधनपछि प्रतिष्ठान भीसीविहीन रहेको छ । डा.साहको निधन भएको झण्डै ३ महिनापछि प्रदेश सरकारले नियुक्ति प्रक्रिया थालेको हो ।
प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीसीका लागि विज्ञापन गरेको थियो । सो विज्ञापनको अवधि समाप्त भएपछि भिसी नियुक्ति प्रक्रिया थालिएको जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ९ जना चिकित्सकले भीसीका लागि आवेदन दिएका छन् । स्राेतका अनुसार आवेदन दिनेहरूमा जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवका सम्धी डा.विश्वनाथ यादव प्रतिष्ठानका रेक्टर डा.अंकुर साह, डा.रोहित यादव, डा.रमेश सिंह र डा.सुधिर सिंहलगायत रहेका छन् ।
डा.साहको निधनपछि भीसी नियुक्तिका लागि विज्ञापन भएदेखि नै आवेदन दिनेहरू ‘सेटिङ’ मा लागिसकेका थिए । भीसीको दौडमा रहेका डा.विश्वनाथ यादव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फरेन्सिक विभागका प्रमुख हुन् । डा.अंकुर साहलाई भीसी बनाउन निवर्तमान मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा हालीमुहाली चलाउने केही व्यक्ति सक्रिय भएका छन् ।
मधेश प्रदेशमा हालसम्म भएका राजनीतिक नियुक्तिहरूमध्ये केही कामै नलाग्ने र केही लेनदेनकाे आधारमा भएको आरोप लाग्दै आएको छ । प्रतिष्ठानमा भीसीको अनुपस्थिति भएको झण्डै वर्ष दिन भइसक्यो । तर, लेनदेनको विषय नमिलेका कारण भीसी नियुक्ति लम्बिएको बुझिएको छ ।
मधेश प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा.प्रमोद यादवले भीसीका लागि परेका आवेदनहरूलाई सूचीकृत गर्न समितिले चाँडै काम थाल्ने बताए । ‘सर्ट लिस्ट बनाएर त्यसको प्रक्रियालाई अगाडि बढाइने छ,’ सचिव डा.यादवले भने, 'भीसी नियुक्तिका लागि मन्त्रालयले नामहरू सिफारिस गर्ने छ ।'
भीसी नियुक्तिका लागि कुलपति समेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवको अन्तिम निर्णय हुने उनले बताए ।
भीसीको नियुक्ति बढीमा ४ वर्षका लागि हुने कानुनी व्यवस्था रहेको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा प्रादेशिक अस्पताल राखिएको छ । अस्पताललाई प्रतिष्ठान अन्तर्गत राखिएकोमा कर्मचारीहरूले असन्तुष्टी व्यक्त गर्दै आइरहेका छन् ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया