सहायता परिचालनमा केन्द्रित हुन माओवादी केन्द्रको आह्वान

म्याग्दी- नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र विस्थापितहरूको व्यवस्थापनमा केन्द्रित हुन पार्टीका नेता कार्यकर्ताहरूलाई आह्वान गरेको छ ।
गण्डकी प्रदेश समितिका अध्यक्ष गायत्री गुरुङले आज विज्ञप्ति जारी गर्दै घाइतेको खोज तथा उद्धार, अविलम्ब प्रभावकारी स्वास्थ्योपचार, विस्थापितको पुनःस्थापनाको व्यवस्था, खाद्यान्न, बसोबासलगायत आवश्यक सामग्रीको व्यवस्था यथाशिघ्र मिलाउन नेपाल सरकारसहित तीनै तहका सरकार समक्ष माग गर्दै यसका लागि सहयोग पुर्याउन र सक्रियतापूर्वक परिचालित हुन पार्टी पंक्तिलाई आह्वान गरेकी हुन् ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई शुक्रबार राति ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट, पश्चिम रुकुमलगायत जिल्लामा भएको जनधनको क्षतिको पीडादायी घटनाबाट माओवादी केन्द्र गण्डकी प्रदेश समिति स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ ।
प्राकृतिक विपत्तिले निम्त्याएको दु:खद घटनामा ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना प्रकट र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना अध्यक्ष गुरुङले गरिन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया