पुतली बाजेलाई सम्झँदै बाबुरामले भने- कक्षा छाडेर पनि पुतली समाउन जानुहुन्थ्याे

काठमाडौँ- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘पुतली बाजे’ को निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । नेपालका पुतलीहरूको बारेमा लामो अनुसन्धान गरेका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतलीविज्ञ कोलन स्मिथको निधनमा भट्टराईले गहिरो दुःख व्यक्त गरेको हुन् ।
चर्चित अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतलीविज्ञ कोलन स्मिथको आज बिहान पोखरामा निधन भएको थियो ।
उनले यसरी सम्झिएः
मेरा आदरणीय गुरू तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतलीविज्ञ कोलन स्मिथ, जसलाई स्नेह भावका साथ ‘पुतली बाजे’ भनिन्थ्यो, को आज ९ कार्तिक १८ ० पोखरामा भएको आकस्मिक निधनबाट निःशब्द छु ।
केही वर्ष पहिले पोखरामा वहाँसँग भेट हुँदा मैले सोधेको थिएँ- ‘तपाईंलाई के इच्छा छ, सर,मैले के गर्न सक्छु ?’
वहाँले शान्त भावमा भन्नुभएको थियो- ‘म नेपालमै मर्न चाहन्छु । तर, नेपाली नागरिक भएर मर्न चाहन्छु ।’
५० वर्षभन्दा बढी नेपालमै बसेर त्यत्रो अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक खोज अनुसन्धान गर्ने व्यक्तित्वलाई पनि नागरिकता दिन हिच्किचाउने हाम्रो सोच र विधि विधानप्रति मलाई निकै लज्जाबाेध भयो । मैले समेत उच्च तहमा रोइकराइ गरेर वहाँले मानार्थ नेपाली नागरिकता पाउनुभएको थियो ।
मलाई बाल्यकालको सम्झना छ । हामी गोरखाको अमर ज्योति हाइस्कूलमा शायद पाँच कक्षामा पढ्थ्यौँ । वहाँ हामीलाई विज्ञान पढाउनुहुन्थ्यो । समय मिल्यो कि पुतली समाउने जाली बोकेर छेउको जंगल चाहार्नुहुन्थ्यो । कहिलेकाहीं त कक्षाकोठाको झ्यालबाट बाहिर पुतली देख्यो कि ' ऊ । ।ऊ । पत्ताली ' भन्दै कक्षा छोडेर कुद्नुहुन्थ्यो । हामी केटाकेटी मज्जाले हाँस्थ्यौँ ।'
वहाँप्रति हार्दिक श्रद्धा सुमन !

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया