भूकम्पमा घाइते भएका ३८ जनाको बाँकेमा उपचार हुँदै

बुटवल - जाजरकोट केन्द्र भएर गएको भूकम्पमा परी घाइते भएका ३८ जनाको बाँकेमा उपचार भइरहेको छ ।
भेरी अस्पतालमा मध्यराति थप ६ जना बिरामी एम्बुलेन्स बाट उपचारको लागि ल्याइएको छ । जसमध्ये दुई जना भेरी नगरपालिका जाजरकोटका र चार जना सानिभेरी रुकुमका हुन् । अहिलेसम्म बांके जिल्लामा उपचारका लागि ल्याइएका घाइतेको संख्या ३९ पुगेको हो । जसमध्ये ३७ जनाको डेडिकेटेड अस्पताल भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ भने एक जना कोहलपुर मेडीकल कलेजमा उपचाररत छन् । बांकी एकको हिजो नै मृत्यु भइसकेको छ ।
कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेका एक जना घाइतेलाई पनि आजै डेडिकेटेड अस्पताल भेरी मै ल्याउने तयारी गरिएको अस्पतालका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार उपचाररत घाइते मध्ये पाँच जनाको सफल अपरेशन भइसकेको छ । हाल सबै ३८ जना घाइते उपचाररत बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त छ । अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएका एक जनाको शव आज बिहान नलगाड-१, जाजरकोट पठाउने व्यवस्था मिलाइएको छ ।

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

प्रतिक्रिया