शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

जब मदिरामा लठ्ठ युवकले गालीगलौज गर्दै प्रहरी कुट्न थाले!

कैलाली - ड्युटीमा रहेका ट्राफिक प्रहरीले चेकिङ गर्ने क्रममा मदिरामा लठ्ठ दुई युवाले ट्राफिक प्रहरी र प्रहरीलाई गालीगलौज गर्दै कुटपिट मै उत्रिएपछि प्रहरीले ती युवालाई नियन्त्रणमा लिएको छ ।

शनिबार राति धनगढी उपमहानगरपालिका -३ राजपुर चोकमा मोटरसाइकल चेकजाँचका क्रममा भएको विवादमा कुटपिट गर्ने खडक कुँवरसहितका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो। 

खसीका कारोबार गर्दै आएका उनीहरूले राजपुर चोकमा प्रहरी सहायक निरीक्षक बहादुरसिंह ऐरीसहितका प्रहरीमाथि गालीगलौच गर्दै हातपात गरेका थिए।

ड्युटीमा महिला प्रहरीसमेत रहेको अवस्थामा सुन्नै नसक्ने शब्द प्रयोग गर्दै गालीगलौज पछि कुटपिट मै उत्रिएका ती युवालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) कुलदिप चन्दले बताए ।