राउटे महामुखियाको महिनबहादुर शाहीको निधन

सुर्खेत - फिरन्ते जिवन बिताउँदै आएका राउटे समूदायका पूर्व महामुखिया महिनबहादुर शाहीको निधन भएको छ । आज बिहान तीन बजे उनको निधन भएको सामाजिक अभियान्ता हिरासिङ थापाले जानकारी दिए ।
उनी लामो समयदेखि बिरामी हुँदै आएको भएपनि उपचार गर्न नमानेको थापाले बताए । उनका अनुसार महामुखिया शाही मानसिक समस्यामा थिए । ‘उनका १२ वटा छोराछोरी जन्मिएका सबै मरे, एउटा मात्र बाँकी थियो उ पनि गएको वर्ष बितेपछि राउटेका महामुखिया बढी तनावमा थिए’ उनले भने, ‘यही तनावै तनावमा रहेका उनी केही दिनयता रामी समेत थिए तर, उपचार गर्न मानिरहेका थिएनन् ।’
दैलेखको भैरवी गाउँपालिकामा बस्दै आएका राउटे समुदायको संख्या अब एक सय ४१ रहेको छ ।

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

प्रतिक्रिया