सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

ओखलढुंगाका टार्जन गुरुङलाई डिशहोमको एक लाख रुपैयाँ नगद पुरस्कार

काठमाडाैँ– डिश मिडिया नेटवर्ककको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाका विजेता ओखलढुंगाका टार्जन गुरुङलाई पुरस्कार रकम प्रदान गरिएको छ ।

बेलचौतारा शुक्ला गण्डकीमा आयोजित एक कार्यक्रममा डिश मिडिया नेटवर्कका प्रतिनिधिले एक लाख नगद रुपैयाँ हस्तान्तरण गरेका हुन् । गत १३ कार्त्तिकमा भएको लक्की ड्र मार्फत गुरुङले एक लाख रुपैयाँ जितेका थिए ।

नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक डिशहोमले दशैँ–तिहार लक्षित ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान चलाएको हो । यस योजना अन्तर्गत​डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् ।

जसमा नगद दश लाख रुपैयाँ, मिडियामा प्रसिद्धि र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउने कम्पनीले जनाएकाे छ। यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।  

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टीभी, रमाइलो टीभी, डिशहोमको आधिकारिक फेसबुक पेज र ईमेज टीभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुने  कम्पनीले जनाएकाे छ ।

एक असोजबाट सुरु भएकाे ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान सीमित अवधिका लागि भएको डिशहोमले जनाएको छ ।