शिक्षा मन्त्रालय र परीक्षा बोर्डको सुझाव विपरित एसईई नगर्ने सरकारको निर्णय

काठमाडौँ : सरकारले यस वर्ष पनि एसईई नगर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ महामारीका कारण यस वर्ष माध्यामिक शिक्षा परीक्षा एसईई नगर्ने निर्णय गरेको हो । यद्यपी यसबारेको आधिकारिक निर्णय सार्वजनिक हुन बाँकी छ ।
भौतिक उपस्थितीमा परीक्षा गर्न नसकिने भएपछि सरकारले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्न शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । जबकी परीक्षा बोर्ड र शिक्षा मन्त्रालयले परीक्षाको जिम्मा विद्यालयलाई दिने र वैकल्पिक माध्यमबाट भएपनि परीक्षा लिएर मात्रै नतिजा सार्वजनिक गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएका थिए ।
तर कोभिडको संक्रमण बढ्दै गएको र बालबालिकालाई थप जोखिम हुने भन्दै एसईई नगरेर आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय सरकारले गरेको हो । यो गत वर्षकै निरन्तरता हो ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष जेठ १३ गतेदेखि एसईई गर्ने निर्णय गरेको थियो । तर बैशाख १६ गतेबाटै निषेधाज्ञा भएपछि सरकारले बैशाख २७ गते एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।
त्यसपछि बोर्डले एसईई परीक्षा सञ्चालन गर्नेबारे शिक्षा विभागका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले वैकल्पिक माध्यम वा भौतिक दूरी कायम गरेर भएपनि विद्यालयलाई जिम्मा दिएर परीक्षा गरेर मात्रै एसईईको नतिजा सार्वजनिक गर्नुपर्ने सुझाव दिएको थियो ।
यसले गर्दा एसईईको महत्व नघट्ने र परीक्षा तथा नतिजा मर्यादित हुने पनि कार्यदलको भनाइ थियो । सोही सुझावलाई आधार मानेर बोर्डले शिक्षा मन्त्रालयमा प्रस्ताव पठाएको थियो । सोही प्रस्तावलाई मन्त्रिपरिषदमा पठाउँदा सरकारले गत वर्षकै जस्तो गरी आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्ने निर्णय गरेको हो ।
तर सरोकारवालाले भने माध्यामिक शिक्षालाई कक्षा १२ सम्म पुर्याइएपनि अझै एसईईको नाममा विद्यार्थीलाई मानसिक तनाव दिने काम भएको टिप्पणी गरिरहेका छन् ।

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी शेर्पालाई दिइने

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

मिडिया नेटवर्क नेपाल र सीडीपी नेपालबीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारीप…

पर्सामा ठूलो परिमाणमा लागुऔषध चरेश सहित एक जना पक्राउ

विष्णुमतिमा कारसँगै यसरी बगेकी थिइन् भावना (भिडियो)

प्रतिक्रिया