न्यून चापीय क्षेत्रको प्रभावले हल्का वर्षाको सम्भावना

काठमाडौँ : पश्चिमी वायु र भारतको विहार आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलबार देशका धेरैजसो ठाउँमा बदली हुने र हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ ।
पश्चिमी वायुका साथै स्थानीय वायु र भारतको विहार आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेकाले ठूलो वर्षाको सम्भावना नरहेको विभागका मौसमविदले बताएका छन् ।
बागमती, गण्डकी र सुदूरपश्चिम क्षेत्रका केही ठाउँमा भने हल्का वर्षा भइरहेको पनि विभागले जनाएको छ । देशका अधिकांश भूभागमा सामान्य बदली रहनेछ । देशभर केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
बुधबार, बिहीबार पनि देशका धेरैजसो ठाउँको मौसम बदली हुनुका साथै हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया