६ वर्षदेखि ‘क्लिन हिट’को खोजीमा छन् सलमान

मुम्बई - सलमान खानको भाग्य यस्तो छ कि फिल्म चलुन् वा नचलुन्, उनको भाऊ बराबर छ । सन् २००९ मा रिलिज भएको ‘वान्टेड’बाट अभिनयमा पुनर्जीवन पाएका उनले त्यसयता बक्स अफिस आँकडाको चिन्ता गर्नु परेको छैन । फिल्म आउँछन् जान्छन् जसले गर्ने व्यापारमा सलमानले चिन्ता लिनु परेका छैन किनकि उनका फ्लप भनिएका फिल्मले पनि सय करोडको व्यापार गर्छन् । तर यति हुँदाहुँदै पनि उनले ‘सर्टिफाइड’ हिट नदिएको ६ वर्ष भइसक्यो । उनको अन्तिम हिट फिल्म ‘टाइगर २’ नै थियो ।
त्यसयता उनका ‘रेस ३’, ‘भारत’, ‘दबंग ३’,‘अन्तिम’,‘राधे’ ‘किसीका भाइ किसीकी जान’ गरी ६ फिल्म रिलिज भएका छन् । तर कुनै फिल्मले हिट हुने सौभाग्य पाएका छैनन् । उनले अभिनय गरेका फिल्म नचल्ने मात्र होइन ‘राधे’, ‘रेस ३’ जस्ता फिल्मले त दर्शक भड्काएको आरोप समेत लागेको थियो ।
त्यसैले अब रिलिज हुने ‘टाइगर ३’लाई सलमानको हिटको तृष्णा पूरा गर्ने फिल्म मानिएको छ । यो फिल्म तिहारको अवसर पारेर नोभेम्बर १२ देखि रिलिज हुँदैछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया