जाजरकोट भूकम्पका मृतकप्रति कोशी प्रदेशसभाबाट शोक प्रस्ताव पारित
जनस्तरबाटै सहयोग गर्न उपसभामुख दनुवारको आह्वान

विराटनगर- कोशी प्रदेश सभाले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाउने सर्वसाधारण नागरिकप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रदेश सभा बैठकले भूकम्पमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा शोक प्रस्ताव पारित गर्दै एक मिनेट मौन धारण समेत गरेको हो ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा १ सय ५० जना बढीको ज्यान गइसकेको छ ।
कोशी प्रदेश सभाको चौथाे अधिवेशनको चौथो बैठकको अध्यक्षता गरेकी उपसभामुख सृजना दनुवारले भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको जानकारी दिँदै शोक प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
उनले प्रदेश सभाको तर्फबाट भूकम्प पीडितहरूका लागि राहत, उद्धार र पुनर्स्थापना कार्यमा सहयोग गर्न संघीय सरकारलाई अनुरोध गरिन् । साथै उपसभामुख दनुवारले कोशी प्रदेश सरकारले आफ्नो क्षमता अनुसारको सहयोग गरिसकेको अवस्था भएकोले कोशी प्रदेशभित्रका सबै जनताले आ–आफ्नो तर्फबाट यथाशक्य सहयोगको वातावरण बनाउन समेत आह्वान गरिन् ।
प्रदेश सभामा प्रस्तुत भएको शोक प्रस्तावलाई प्रदेश सभाका सदस्यहरूले हात उठाएर सर्वसम्मत रूपमा पारित गरेका हुन् । प्रदेश सभाले उक्त भूकम्पमा परी घाइते भएका आम सर्वसाधारण व्यक्तिहरूको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

हात्तीको आक्रमणबाट मृत्यु
भोजपुर क्याम्पसलाई ६ लाखको स्मार्ट बोर्ड हस्तान्तरण

कोशी प्रदेश सरकारः परिमार्जित योगदानमूलक विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति

प्रतिक्रिया